परिवारतामाङ वेबसाइट तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला! धन्यवाद, तामाङ परिवार लाइक पेजमा गएर प्रतिक्रिया,सुझाब सल्लाह दिनुहोला! ''सम्पर्क''०५००८४०८२४

SELLING PAGE

SELLING PAGE
Latest Post

सर्लाहीकी ताइस्यालाई अावास बनाई दिने नायिका सुकुमाया मोक्तानको प्रतिबद्धता




लमजुङ् । सर्लाही लालटिभीका चालीस बर्षीय ताइस्या स्याङतानलाई अावास बनाई दिने भएका छन् ।
नायिका सुकुमाया मोक्तान तथा मोक्तान फिल्मस प्रा.लि.ले विभिन्न माध्यमबाट सहयोग जुटाई घर बनाईदिन निर्णय गरेका हुन् । यसको लागि आर्थिक तथा सहयोगको अभियान चलाउने नायिका मोक्तानले बताइन् ।
ताइस्या शारीरिक र मानसिक रुपमा असक्त छिन् । गरीब परिवारमा जन्मेकी ताइस्याको बुबा र आमा सानै उमेरमा स्वर्गीय भएको बताइन् । परिवारको उनी जेठी छोरी हुन् र एक बहिनी पनि थिइन् । लालटिभीमा उनी सुकुम्बासी रुपमा सानो छाप्रोमा बस्दै आएका थिए तर बर्षाको बढीले छाप्रो बगाई दिए । त्यसपछि उनी बेसाहरा भइन् । बहिनी सानै बर्षमा नै बिवाह भएको थियो ।

ताइस्यालाई तीस बर्षको उमेरमा एक अपरिचित ब्यक्तिले बलकृत भइ गर्भवती भइन र अहिले उनीसँग ९ बर्षीय एक माया घिसिङ छोरी छिन् । स्थानीयले बताएअनुसर ताइस्या र छोरीलाई गाउँको एकजना घिसिङ थरको मान्छेले नाम दिएर पालनपोषण जिम्मा दिएको रहेछ । तर पछि त्यो ब्यक्तिले पनि छोडेर गएपछि आमाछोरी बेसाहरा बनेका छन् । स्थानीयको जानकारी अनुसर ताइस्या अहिले सहयोगको भिख मागीरहेका छन् । तर कोही पनि यो यौनशोसनमा परेका महिलालाई दया र सहयोग गर्न तयार नभएका बताए ।

‘त्यो देखेर मैले प्रत्यक्ष भेटेर छोरी र आमाप्रति सोच्न बाध्य बनायो र कुनै प्रकारको सहयोग गरी दुबैको जीवन सुरक्षाको व्यवस्था मिलाउनुपर्छ भन्ने लागेर सहयोग जुटाएर बनाइ दिने निधो गरेको हुँ’, नायिका मोक्तानले एक भेटमा बताइन् । यदि हामीले उनको लागि सानो झुपडी मात्रै बनाइदिन सके उनको उद्दार हुनेछन् । मोक्तानले भनिइन्– ‘मैले ताइस्यालाई सानो घर र व्यवस्था मिलाई दिन्छु भन्ने प्रस्ताव गरेका थिए तर उहाँ त्यस ठाउँ छोडी अन्यत्र जान अस्वीकार गरिन् त्यसैले त्यही वरपर बनाइदिने कुरा भयो ।’ जहाँ आमा र छोरी बस्न र रमाउन सकुन ।
त्यसको लागि मेरो मात्र सहयोगले यो सम्भव नभएका कारण तपाईहरुको सहयोगी हातहरुको आवश्यक परेको जानकारी मोक्तानले बताइन् । बेसाहरा र असहाय गरीब दिनदुखीको सेवा गर्नु नै मानवीय  धर्म हो । समस्या उनको छोरी दुबैलाई उचित आधारभुत आवश्यकता व्यावस्था गर्नु पनि रहेको अवस्था छ । ‘यहाँहरुलाई असाहय आमा छोरीको लागि मनको पोको खोल्नु हुने छ भन्ने विश्वास लिएको छु’, नायिका मोक्तानले बताइन् । सहयोग रकम पारदर्शी र विवरण पेश गर्ने पनि बताइन् ।
सम्पर्क तथा सहयोगको लागि
सम्पर्क नं.  ९८४१३७०९५३ सुकु माया मोक्तान
सहयोगको लागि खाता नं. 0000287176  (Nepal Bangladesh Bank) Moktan  Films.

कुलमानकाे घाेषणाः चार दिनमा महेन्द्रनगर-धनगढी र चार महिनापछि देश लाेडसेडिङ मुक्त

२५ पुस काठमाडाैँ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबकाे चार महिनामामा देशभर लाेडसेडिङकाे अन्त्य हुने बताएका छन् । साेमबार ऊर्जा मन्त्रालयले अहिलेसम्मका कामबारे जानकारी र अागामी याेजना सार्वजनिक गर्न अायाेजित पत्रकार सम्मलेनमा बाेल्दै घिसिङले काठमाडाैँ र पाेखरामा लाेडसेडिङ अन्त्य भइसकेकाे र केही दिनमा महेन्द्रनगर र धनगढीका भू-भागमा लाेडसेडिङ हटाउने जानकारी दिए ।

देशको पश्चिमी भागमा लोकल समस्याका कारण दिनमा तीन घण्टासम्म लोडसेडीङ हुने गरेको जानकारी दिँदै घिसिङले भने, ‘अबको दुई चार दिनमा महेन्द्रनगरदेखि धनगढी सम्मको भु-भागमा लोडसेडिङ हटाउनेतिर लागिरहेका छौं ।’
अगामी जेठमा ९०० मेगावाट उत्पादन हुने जानकारी दिँदै देशभरबाट लाेडसेडिङकाे अन्त्य हुने बताए ।

देश डुबाउने अग्रगामी, जोगाउने चाहिँ प्रतिगामी ! रेखा थापा

१४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा हालै प्रवेश गरेकी नायिका रेखा थापाले आफ्नो पूर्व पार्टी नेकपा माओवादी केन्द्र लगायत अन्य कम्युनिष्ट पार्टीका नेताहरुप्रति कडा चुनौती दिएकी छिन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको भक्तपुरमा भएको मध्यमाञ्चलस्तरीय भेलामा बोल्दै उनले विदेशीको विचारबाट बनेका कम्युनिष्ट पार्टीहरुले देशको हित गर्छन् भनेर कसरी विश्वास गर्ने भन्दै प्रश्न गरिन् । पार्टी प्रवेश गरेपछि पहिलो पटक आसभामा बोलेकी नायिका थापाले राप्रपालाई प्रतिगामी भन्नेहरुप्रति कटाक्ष गरिन् ।

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्डप्रति संकेत गर्दै उनले भनिन् ‘हाम्रो पार्टीलाई प्रतिगामी भनिदोरहेछ, राष्ट्रियता बचाउन र हिन्दु राष्ट स्थापनाका लागि प्रतिगामी भनिन्छ भने रेखा थापा त्यसमा उभिन तयार छ ।’
उनले थपिन्, ‘एउटी आमा अस्पतालमा छटपटाएर बसिरहेकी छिन्, उनलाई औषधी उपचार गराएर घर लैजानु चाहिँ प्रतिगमन, अनि सोझै आर्यघाट लैजानु चाहिँ अग्रगम ? यस्तो आत्मघाती अग्रगमन हामीलाई स्वीकार्य छैन । देशका लागि मनुपरे पनि तयार हुनु

चार महिनामा पाँच सय रेनल्ट बिक्री

काठमाडौः कार पारखीको आकर्षण कम्प्याक्ट एसयूभी र ह्याचब्याकमा बढ्दो छ । बजारमा यी दुई सेगमेन्टको बिक्री पनि बढ्दै थियो । जुन सेगमेन्टमा ग्राहकको आकर्षण थियो, त्यही सेगमेन्ट भित्रियो । उपभोक्ताले पनि उत्तिकै रुचाइदिए । युरोपेली ब्रान्ड रेनल्टको कम्प्याक्ट एसयूभी डस्टर र ह्याचब्याक क्विड अहिले चर्चामा छन् ।
रेनल्ट नेपाल भित्रिएको चार महिनामात्र भएको छ । यो अवधिमा पाँच सय थान बिक्री भइसकेको एडभान्स अटोमोबाइल्सका महाप्रबन्धक अधिरकुमार श्रेष्ठ बताउँछन् । यसमा डस्टर र क्विडको हिस्सा ६०/४० छ । कम्पनीले यो वर्षभरिमा २५ सय थान रेनल्ट कार बिक्री गर्ने लक्ष्य लिएको छ । नेपालको कार बजारमा रेनल्ट २०१७ भित्रै ‘टप थ्री' बन्ने श्रेष्ठ ठोकुवा गर्छन् ।

डस्टर र क्विड नेपाली सडक सुहाउँदा छन् । ग्राउन्ड क्लियरेन्स डस्टरको २१० मिलिमिटर र क्विडको १८० मिलिमिटर रहेको छ । यसलाई खाल्डाखुल्डी सडकमा सजिलै कुदाउन सकिन्छ । दुवै गाडीको बाहिरी बनावट र भित्री साजसज्जा उत्कृष्ट छ । आधुनिक फिचरले सुसज्जित कारको पर्फमेन्ससमेत राम्रै भैदिँदा छोटो समयमै लोकप्रिय भएको श्रेष्ठ बताउँछन् ।
श्रेष्ठका अनुसार रेनल्ट विश्वकै दोस्रो पुरानो र चौथो ठूलो गाडी उत्पादक कम्पनी हो । युरोपेली बजारमा रेनल्ट लोकप्रिय छ । यसले भारतीय बजारमा पनि उत्तिकै दबदवा कायम राखेको छ । ‘विश्वमै चर्चित रेनल्ट नेपाली उपभोक्ताले कुरेर बसेका थिए, आउने वित्तिकै राम्रै बिक्री भयो' श्रेष्ठ भन्छन्, ‘ब्रान्डमा कन्सस उपभोक्ता बढेकोले पनि रेनल्ट लोकप्रिय बन्यो ।' डस्टर र क्विड नाडा अटो सोमा सवा पाँच सय थान बुकिङ भएका थिए ।
नेपाली सडकमा कुदाउन ग्राउन्ड क्लियरेन्स बढी चाहिन्छ । दुवै कारमा ग्राउन्ड क्लियरेन्स उच्च छ । कारका सौखिनले एसयूभी डिजाइन रुचाइरहेका बेलामा ह्याचब्याक क्विडको बाहिरी बनावटसमेत एसयूभीकै जस्तो छ । यसले क्विडको आकर्षण बढाएको श्रेष्ठको बुझाइ छ ।
यतिमात्र होइन, क्विडको पावर र माइलेजसमेत उच्च छ । कम्पनीका अनुसार क्विडले प्रतिलिटर २५ किलोमिटर माइलेज दिन्छ । मूल्य पनि किफायती छ । १६ लाखमै क्विड कार किन्न पाइन्छ । नेपालमा क्विडको प्रतिस्पर्धा हुन्डाइ इओन, सुजुकी अल्टो, डाटसनसँग छ ।
डस्टरमा सुरक्षाका लागि एयरब्याग राखिएको छ । टचस्क्रिन म्युजिक सिस्टम, बुट स्पेस, स्पिड कन्ट्रोलर, पावर स्टेरिङ, पावर विन्डोज, अटोमेटिक एसी, अल ह्विल ड्राइभलगायतका फिचर डस्टरमा छन् । ‘डस्टर पियोर एसयूभी हो, सिटी र अफरोड दुवै ठाउँमा उपयुक्त छ', श्रेष्ठ भन्छन् ।
श्रेष्ठका अनुसार विश्वमै डस्टर कम्प्याक्ट एसयूभी कारको क्रियटर हो । डस्टर बजारमा आएपछि अरु कारहरू आउन थालेका हुन् । डस्टर पेट्रोल र डिजेल दुवै इन्जिन अप्सनमा उपलब्ध छ । यो १६ सय सीसीको कार हो । डिजेल भर्सनले प्रतिलिटर १९ किलोमिटर र पेट्रोल भर्सनले १५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसको मूल्य ३५ लाखबाट सुरु भई ५६ लाखसम्म पर्छ । ५६ लाखमा अल ह्विल ड्राइभ कार पाइन्छ ।

आधुनिक सर्भिस सेन्टर

अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याउँदा सोही अनुरूपको सेवा दिनुपर्छ । सो-रुमदेखि सर्भिस सेन्टर अन्तर्राष्ट्रिय स्तरकै हुनुपर्छ । नत्रभने ब्रान्डको आधिकारिक बिक्रेता बन्न गाह्रो हुन्छ । एडभान्स अटोमोबाइल्सले पनि अत्याधुनिक सो-रुम र सर्भिस सेन्टर खोलेर गाडी बिक्री सुरु गरेको श्रेष्ठ बताउँछन् । रेनल्टको सर्भिस सेन्टर कालोपुलमा खुलिसकेको छ । टेकुमा सञ्चालनमा आउँदै छ ।
काठमाडौं बाहिर नेटवर्क विस्तार गर्ने योजना बनाइएको छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा धनगढीसम्म डिलर राख्ने योजना छ । नारायणगढ, बुटवल, भैरहवा, पोखरामा डिलर सेलेक्ट गरिसकेको श्रेष्ठ बताउँछन् । ‘नेपालका मुख्य सहरमा २०१७ को मध्यसम्म डिलर खोलिसक्छौं', उनले भने, ‘नेपालभर कारको माग बढिरहेको छ, त्यो बजार हामीले क्याच गर्न चाहान्छौं ।'
कम्पनीले अहिले दुईवटा मोडल बिक्री गर्दै आएको छ । थप मोडल भित्र्याउने योजनामा छ । २०१७ भित्र २÷३ वटा मोडल थप्ने श्रेष्ठले जानकारी दिए । नयाँ थपिने कार ह्याचब्याक, सेडान, सेभेन सिटर सेगमेन्टका हुनेछन् । पछिल्लो समय विभिन्न गाडी कम्पनीले सेभेन सिटर कार भित्र्याइरहेको देखिन्छ ।

हल्लै हल्लाको हाम्रो देश नेपाल

काठमाडौं, १४ पुस । कवि भूपी शेरचनले भनेका थिए, ‘नेपाल हल्लैहल्लाको देश हो ।’ सायद ठीकै भनेका थिए उनले । नेपाल हल्लैहल्लाको भरमा बेलाबखत तरङ्गित हुने गरेको छ । यस्तै एउटा हल्लाको पछिल्लो संस्करणले केही दिनयता देशभर त्रास फैलिरहेको छ ।

सायद तपाईंले पनि सुन्नु भएको होला, ‘रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मर्‍यो रे !’ अहिले यो हल्ला ‘दिन दोगुना, रात चौगुना’ भनेझैँ फैलिरहेको छ । मानिसहरुले एसएमएस गरेर, फोन गरेर तथा सामाजिक सञ्जालमार्फत आफ्ना आफन्त र साथीभाइलाई सचेत रहन भनिरहेका छन् । हल्लामा मान्छे मरेको भनिएका क्षेत्रहरुचाहिँ कसैले नुवाकोट, कसैले धादिङ त कसैले मकवानपुर भनेका छन् ।
त्यसैगरी फोन आएका भनिएका मोबाइलहरु एनसेल छन् ।यो हल्ला अहिले यति भाइरल बनिसक्यो कि कन्ट्रोल गर्नै नसकिने अवस्था छ । आम मानिसहरु त्रसित बन्न थालेपछि  यसको वास्‍तविकताबारे बुझ्ने प्रयास यसरी गरीएकाे छ ।
एनसेल भन्छ, ‘हल्लाको पछि नलाग्नुस्’
हामीले यसबारे एनसेलसँग बुझ्ने प्रयास गर्‍यौँ । सुरुमा ग्राहक सेवा प्रतिनिधिसँग कुरा गर्दा उनी यो हल्लाले वाक्कदिक्क भइसकेका रहेछन् । दिनमै सयौँ कल यस्तै चासो राख्नेहरुको आउँदो रहेछ । उनले यसबारे अफिसमा पनि कुरा भइसकेको, यो हल्लामात्र रहेको निष्कर्ष निकालिएको जवाफ दिए ।
सामाजिक सञ्चालका एक प्रयोगकर्ताले एनसेलको आधिकारिक पेजमा नै जिज्ञासा राखेका रहेछन् । त्यहाँ पनि एनसेलले यो हल्लामात्र भएको जवाफ फर्काएको छ ।‘रातो नम्बरबाट आएको फोन उठाए मरिने हल्ला छ के हो यो ?’ केदार पौडेल नाम गरेका फेसबुक प्रयोगकर्ताले सोधेको प्रश्नमा एनसेलले आफ्नो आधिकारिक फेसबुक पेजबाट जवाफ फर्काएको छ, ‘कृपया यस्तो हल्लाको पछाडि लाग्न नहुन ग्राहक बर्गहरुमा अनुरोध छ ।’
धादिङ प्रहरीलाई जानकारी छैनगाउँ-गाउँमासमेत सानातिना घटना घट्दा पनि प्रहरीलाई जानकारी हुन्छ । त्यसैले हामीले हल्लामा नाम जोडिएको जिल्ला धादिङका डिएसपी दिपेन्द्र पञ्जियारलाई सम्पर्क गर्‍यौँ । उनले त हल्लासमेत सुनेका रहेनछन् । ‘मैले त हल्ला पनि सुनेको छैन । केही भएको भए त आउँथ्यो । सायद हल्लामात्र हो यो,’ साझापोस्टसँग उनले भने ।
धादिङ प्रहरीकै सञ्चार शाखामा भने यस्तो हल्ला पुगेको रहेछ । सञ्चार विभागमा कार्यरत प्रहरी अधिकृत भन्दै थिए, ‘हल्ला त मैले पनि सुनेको हो । मकवानपुर तिर रे भनेर फेसबुकमा लेखेको देखेको थिएँ । तर, हामीकहाँ त्यस्तो कुनै जानकारी आएको छैन । भए त आइहाल्थ्यो नि !’
नुवाकोट प्रहरीमा केही व्यक्ति मोबाइल फाल्यौँ भन्दै आएका थिएत्यसपछि हामीले नुवाकोट प्रहरीका डिएसपी ऋषिराम कंडेललाई सम्पर्क गर्‍यौँ । उनले हल्ला मज्जैसँग सुनेका रहेछन् । ‘हल्ला त मैले पनि सुनेको हो । अस्ति दुईतीन जना युवा ‘रातो नम्बरबाट फोन आयो त्यसपछि मोबाइल फाल्यौँ’ भन्दै हामीकहाँ आएका थिए ।
तर फोन आएको हामीले देखेनौँ । उनीहरुले नै भनेका थिए, ‘कताकता मान्छे पनि मरे रे !’ तर यो हल्लामात्र हो । यस्तो फोन रिसिभ गर्दा मरेको भनिएको कुनै पनि व्यक्तिबारे जानकारी छैन ।’यो कुरा हल्लामात्र हो भन्ने निष्कर्षमा उनी पनि पुगिसकेका रहेछन् ।
मकवानपुर प्रहरीलाई जानकारी छैनमकवानपुरका प्रहरी इन्सपेक्टर सुरक्षा केसीले भने यस्तो हल्लासमेत आफूले नसुनेको बताइन् । ‘मैले त हल्ला पनि सुनेका छैनौँ, त्यस्तो कुनै उजुरी पनि आएको छैन,’ उनले भनिन् ।
आजभोलि ठेस लागेर लड्दा मान्छे मरेको जानकारीसमेत प्रहरीकोमा आउँछ । सानासाना घटनाबारे पनि प्रहरीलाई जानकारी गराउने प्रचलन छ । प्राकृतिक ढंगको स्वभाविक मृत्युबाहेक अन्य जुनसुकै कारणले मानिस मरे पनि पोस्टमार्टम बिना शवको दाहसंस्कारसमेत हुँदैन ।
पोस्टमार्टम अघि प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाउनुपर्छ । अब तपाईं आफैँ भन्नुस्, सम्बन्धित जिल्लास्थित प्रहरीलाई समेत जानकारी नभएको कुरा वास्तविक कसरी हुन सक्ला त ? आफ्नो परिवारका सदस्यको फोन उठाउँदा मृत्यु भयो भने चुपचाप दाहसंस्कार कसैले गर्ला ? पक्कै पनि गर्दैन ।
बरु हामीकहाँ त लास सडकमा राखेर पैसाका लागि बार्गेनिङचाहिँ हुनसक्छ । माथिका तमाम जानकारीहरुबाट पनि निष्कर्ष निकाल्न सकिन्छ, यो हल्ला मात्र हो । हल्लाको पछि नलागौँ । बाँकी रहे सामाजिक सञ्जालमा रेड नम्बरबाट फोन आएको देखाइएका स्क्रिनशर्टहरु, ती फोटोशप्ड हुन सक्छन् ।साझा पाेष्टकाे सहयाेगमा

नेपाली Mp3 गीतहरु

Slideshow Pictures

धेरैले मन पराएको

बिज्ञापन

nepalipatro-nagarik

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf